• विभिन्न उष्ण तथा उपोष्ण जातका फलफूल (मेकाडेमियानट, एभोकाडो, मेवा, ड्रागनफ्रुट, आँप, लिची, कागती, अम्बा लगायत) को  स्रोत केन्द्रको रुपमा कार्य गर्ने।
  • विभिन्न उष्ण तथा उपोष्ण जातका फलफूल (मेकाडियमनट, एभोकाडो, मेवा, ड्रागनफ्रुट, आँप, लिची, कागती, अम्बा लगायत) को गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने।
  • विभिन्न जातका तरकारी (काउली समूह, घीउ सिमी, चौमासे सिमी, बोडी लगायत) र मसलाबालीका मूल एवं उन्नत बीउ तथा गुणस्तरीय बेर्ना उत्पादन तथा बिक्री वितरण गर्ने।
  • आलुको पूर्व मूल बीउ, मूल बीउ तथा उन्नत बीउ उत्पादन तथा बिक्री वितरण गर्ने।
  • कफि जर्मप्लाज्म संकलन, संवर्द्धन तथा गुणस्तरीय कफी बेर्ना उत्पादन/बिक्री वितरण गर्ने।
  • स्थानीय मागको आधारमा विभिन्न मौसमी तथा बहु वर्षिय आलांकारिक विरुवाहरु उत्पादन गरि बिक्री वितरण गर्ने।
  • विभिन्न जातका भूगोल सुहाँउदो उन्नत जात तथा स्थानीय बागवानी बालीहरुको जर्मप्लाज्म संकलन, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने।
  • केन्द्रको प्रभाव क्षेत्रमा रहेका निजी नर्सरीहरूमा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागि प्राविधिक सहयोग, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
  • केन्द्र परिसर तथा कमाण्ड क्षेत्रमा बगैंचा व्यवस्थापन तथा प्रविधि प्रदर्शन मार्फत गुणस्तरीय फलफूल, तरकारी तथा मसलाबाली उत्पादन प्रविधि विकास तथा प्रसार गर्ने।
  • फार्म केन्द्रमा रहेका भौतिक संरचनाको संरक्षण तथा आधुनिक प्रविधिको अनुसरण गर्दै विकास गर्ने।
  • केन्द्रको प्रभाव क्षेत्रमा कृषि ज्ञान केन्द्र तथा स्थानीय तहसँग समन्वय गरी बागवानी विकास सम्बन्धी कृषि प्रसार गतिविधि सञ्चालन गर्ने तथा कमाण्ड क्षेत्रका कृषि ज्ञान केन्द्रहरु तथा स्थानीय तहहरुलाई सम्बन्धित विषयमा प्राविधिक परामर्श उपलब्ध गराउने।
  • फलफूल, तरकारी तथा मसलाबाली खेती सम्बन्धी सैदान्तिक तथा व्यवहारीक तालिम प्रदान गर्ने।
  • कृषि स्नातक तथा जे.टी/जे.टी.ए. कोर्ष अध्ययनरत विद्यार्थीहरुका लागि इन्टर्नसिप तथा कार्यगत तालिम कार्यक्रम संचालन गर्ने।
  • केन्द्रसँग सम्वन्धित बाली वस्तुमा कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने।
  • संघीय तथा प्रदेश मन्त्रालय अन्तर्गत संचालन हुने फलफूल, तरकारी तथा मसलाबालीको उत्पादन, बीउ र बिरूवा सम्बन्धि कार्यमा सहयोग गर्ने।
  • प्रदेशस्तरमा बागवानी विकास सम्बन्धि नीती तथा कार्यनीति तयार गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विकास निर्देशनालयलाई सुझाव र सल्लाह दिने।
  • सरोकारवालाहरुसँग आवश्यक समन्वय गरि केन्द्रसँग सम्बन्धित बाली वस्तुमा विकसित नविनतम प्रविधिको फिल्ड परीक्षण गर्ने।
  • केन्द्र परिसर वा कमाण्ड क्षेत्र भित्र सम्बन्धित बालीको उत्पादन तथा उत्पदनोपरान्त प्रविधि सम्बन्धि समस्यामा आधारित स-साना कार्यमुखी (action oriented) अध्ययन, परीक्षणका क्रियाकलापहरू संचालन गरी प्रचार प्रसार गर्ने।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विकास निर्देशनालयले तोकेको बागवानी सम्बन्धी अन्य कार्यहरु गर्ने।
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय र निर्देशनालयले तोकेको बागवानी सम्बन्धी अन्य कार्यहरु गर्ने।