नेपालमा मध्य-पहाडी क्षेत्रको बेंशी भू-भागलाई स्थान विशेष संभाव्यताको आधारमा फलफूल तथा तरकारी बालीमा आत्मनिर्भर बनाउँदै सम्बन्धित बालीको माध्यमबाट कृषि क्षेत्रको विकास गर्ने मुख्य उद्देश्य सहित वि.सं. २०१६ सालमा त्रिभुवन ग्रामीण विकास केन्द्रको स्थापना सँगसँगै कृषि विकास कार्यक्रमलाई अगाडी बढाउन आवश्यक पर्ने तरकारीका बीउहरु तथा फलफूलका बोटबिरुवाहरु उत्पादन गरी नुवाकोट जिल्ला र छिमेकी जिल्लाहरुमा बिक्री वितरण गर्ने उद्देश्यले कृषि फार्मको नाममा यस केन्द्रको शुरुवात भएको ऐतिहासिक पृष्ठभूमि देखिन्छ। वि.सं. २०१९ सालमा उक्त त्रिभुवन ग्रामिण विकास केन्द्र विघटन भई पञ्चायत विकास केन्द्र भएपछि तत्कालिन कृषि फार्मलाई हर्टिकल्चर ट्रायल अर्चाडको नाममा वि.सं. २०१९ साल मंसिर १९ गते हालको उपोष्ण प्रदेशीय बागवानी केन्द्र, त्रिशुली विधिवत रुपमा स्थापना भएको हो। कृषि विभाग अन्तर्गत हर्टिकल्चर सेक्शनलाई हस्तान्तरण भई स्थापना भएको उक्त ट्रायल अर्चाडको मुख्य जिम्मेवारी सदावहार फलफूलका कलमी बिरुवा तथा उन्नत जातका तरकारीका बीउबेर्ना उत्पादन गर्ने थियो। बदलिदो समय क्रमसँगै वि.सं. २०२९ सालमा उक्त ट्रायल अर्चाडको नामाकरण बागवानी फार्म, त्रिशुली र वि.सं. २०५२ सालमा बागवानी केन्द्र, त्रिशुली गरेको पाइन्छ। वि.सं. २०६१ सालमा तत्कालिन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायहरुको संगठनात्मक संरचना परिवर्तन गरिँदा यस केन्द्रको नामाकरण हालको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र, त्रिशुली रहन गएको हो। तत्कालिन समयमा मध्य-पहाडी क्षेत्रको बेँशी भू-भागलाई उपयुक्त हुने बागवानी विकासका कार्यक्रम सञ्चालन गर्ने अभिप्रायले यस केन्द्रको स्थापना भएतापनि वि.सं. २०६१ सालको पुनःसंरचना पछि यस केन्द्रको कमाण्ड क्षेत्र नुवाकोट, रसुवा र धादिङ जिल्ला तोकिएको छ। हालको संघिय संरचनामा यस केन्द्रको नाम बागवानी विकास केन्द्र, रहेको छ भने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत आफ्नो सेवा प्रवाह गर्दै आईरहेको छ।
|
कृषि फार्म, त्रिशुली (त्रिभुवन ग्रामीण विकास केन्द्र अन्तर्गत) |
वि.सं. २०१६ |
|
हर्टिकल्चर ट्रायल अर्चाड, त्रिशुली (कृषि विभाग अन्तर्गत) |
वि.सं. २०१९ |
|
बागवानी फार्म, त्रिशुली (कृषि विभाग अन्तर्गत) |
वि.सं. २०२९ |
|
बागवानी केन्द्र, त्रिशुली (कृषि विभाग अन्तर्गत) |
वि.सं. २०५२ |
|
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र, त्रिशुली (कृषि विभाग अन्तर्गत) |
वि.सं. २०६१ |
|
उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र, त्रिशुली (बागमती प्रदेश अन्तर्गत) |
वि.सं. २०७५ |
|
बागवानी विकास केन्द्र, त्रिशुली, नुवाकोट |
बि.सं २०८० |
केन्द्रको स्थापना कालमा यसको क्षेत्रफल ५ हेक्टर थियो। आ.व. २०३२/३३ देखि २०३५/३६ सम्म (क्षेत्रीय कृषि तालिम केन्द्रको स्थापना हुनु भन्दा पहिला) यस केन्द्रले कृषि विभाग अन्तर्गत जिल्लास्तरीय कृषि कार्यक्रमलाई सहयोग पुर्याउन सर्वप्रथम तालिम केन्द्रको रुपमा कृषि सहायक तथा अगुवा कृषक तालिम सञ्चालन गरी कृषि विकासमा उल्लेखनीय योगदान पुर्याएको थियो। तत्पश्चात् तालिम कार्यक्रमको लागि देशभरि नै छुट्टै निकाय स्थापना गरि तालिम सञ्चालन गर्ने तत्कालिन सरकारको नीति अनुरुप आ.व. २०३५/३६ मा मध्यमाञ्चल क्षेत्रको पहाडी क्षेत्रलाई समेट्ने गरी यसै बागवानी केन्द्रसँग जोडिने गरी क्षेत्रीय कृषि तालिम केन्द्रको लागि जग्गा अधिग्रहण गरिएकोमा फार्मको खेती गर्न अयोग्य जग्गामा तालिम भवन बनाईएको र तालिम केन्द्रले अधिग्रहण गरेको खेतीयोग्य जमिन फार्मले लिएको हुँदा फार्मको क्षेत्रफल केही बढ्न गएको देखिन्छ। सो बृद्धि भएको जग्गामा फलफूल बगैँचा बिस्तार गरिएको छ।
यसैगरी आ.व. २०३७/३८ मा कृषि बजार विस्तार आयोजनाद्धारा हाटबजार विकास तथा विस्तारको लागि विदुरमा लिइएको ७.५ रोपनी जग्गा बजारको लागि बाटोघाटो तथा यातायातको असुविधाको कारण उचित नदेखि यस केन्द्रको ढुङ्गेस्थित बाटोको नजिक पर्ने ७.५ रोपनी जग्गा कृषि बजार विकास आयोजनालाई उपलब्ध गराउने र उक्त हाटबजारको लागि लिईएको जग्गा यस केन्द्रले प्रयोग गर्ने गरी तत्कालिन श्री ५ को सरकारको सचिवस्तरिय निर्णय अनुरुप जग्गा सट्टापट्टा भएको थियो। उक्त सट्टा गरिएको जग्गामा माउबोट आँप बगैँचा स्थापना गरिएको भएतापनि वि.सं. २०७० सालमा उक्त जग्गा कोष तथा लेखा नियन्त्रक कार्यालयसँग केन्द्रको हाल कार्यालय भवन बनेको जग्गासँग सट्टापट्टा गरिएको थियो।
त्यस्तै वि.सं. २०६१ मा यस केन्द्रसँगै रहेको क्षेत्रीय माटो प्रयोगशालाको कार्यालय हेटौंडा स्थानान्तरण हुँदा उक्त प्रयोगशालाले चर्चेको करीब ७ रोपनी जग्गा समेत यसै केन्द्रलाई प्राप्त भएको थियो।उक्त जग्गामा रहेको प्रयोगशालाको कार्यालय भवनमा नै यस केन्द्रको कार्यालय सञ्चालनमा रहेको थियो। वि.सं. २०७२ को भुकम्पबाट उक्त भवन क्षतिग्रस्त भए पश्चात् नवनिर्मित भवनमा हाल कार्यालय संचालन भईरहेको छ।
यसरी केन्द्रको स्वामित्वको जग्गा विभिन्न समयमा थपघट हुँदै आएको देखिन्छ।हाल यस केन्द्रको स्वामित्वमा रहेको तथा भोगचलन प्राप्त गरेको जम्मा जग्गाको क्षेत्रफल ३२६-३-३-० रोपनी कायम भएको छ।सो मध्ये ३-०-२-२ रोपनी जग्गा स्थानीय सामुदायिक विद्यालय पृथ्वी मा. वि. ले अनाधिकृत रुपमा प्रयोग गरिरहेको छ।
१.२ बागवानी केन्द्रको भौगोलिक स्थिति
बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ४, बाँङ्गेचौरमा अवस्थित यस केन्द्र राजधानी काठमाण्डौंबाट करिब ७० कि.मि. (पासाङ ल्हामु राजमार्ग) उत्तर पश्चिममा पर्दछ।यस केन्द्र समुद्री सतहबाट १७६८ फिट (करिब ५२९ मि.) उचाईमा रहेको छ।केन्द्रसम्म पहुँचको लागि राजधानी काठमाण्डौंको बालाजु माछापोखरीबाट ककनी हुँदै कालोपत्रे मोटर बाटो साथै राजधानी काठमाण्डौंको कलंकीबाट पृथ्वी राजमार्गको गल्छी हुँदै कालोपत्रे मोटर बाटोको सुविधा रहेको छ।साथै राजधानी काठमाण्डौंको सामाखुसीबाट टोखा, छहरे, गँगटे हुँदै जाने मोटर बाटो (करिब ५० कि.मि.) को सुविधा पनि रहेको छ।
केन्द्रको हावापानी उपोष्ण प्रकृतिको रहेको छ।यहाँको औषत अधिकतम तापक्रम ३७ डिग्रि सेन्टिग्रेड र औषत न्यूनतम तापक्रम ५ डिग्रि सेन्टिग्रेड रेकर्ड गरिएको छ।विशेषत मनसुनमा भारी वर्षा हुने यस ठाउँमा औषत वार्षिक वर्षा १६८५ मि.मि. हुन्छ भने आषाढ महिनामा ४५७ मि.मि. वर्षा रेकर्ड गरिएको छ।
केन्द्रका अधिकांश ब्लकहरुमा माटोको गहिराई कम छ।यस केन्द्रको माटो सयौं वर्षपहिले त्रिशुली नदीले छोडेका स-साना ढुङ्गाहरु र बालुवाको मिश्रणबाट बनेको बलौटे दोमट किसिमको छ।अझ त्रिशुली नदीको किनारको अधिकाँश भू-भाग त बलौटे प्रकृतिकै रहेको छ।यहाँको माटोको औसत पि.एच. मान ५ देखि ६.५ रहेको छ।
१.५ केन्द्रको क्षेत्रफल र भू-उपयोग स्थिति
यस केन्द्रको कुल क्षेत्रफल ३२६-३-३-० रोपनी रहेकोमा भू-उपयोग अवस्था यस प्रकार रहेको छः
|
क्र. सं. |
ब्लकको नाम |
क्षेत्रफल (रोपनी) |
लगाईएका फलफूलका जातहरु |
कैफियत |
|
१ |
पुरानो कागती ब्लक |
५-४-०-० |
स्थानीय सुनकागती |
हाल कागती नष्ट भएको |
|
२ |
निबुवा ब्लक |
२-६-२-१ |
स्थानीय निबुवा |
हाल केही बोट निबुवा मात्र रहेको |
|
३ |
पुरानो अनार ब्लक |
३-४-०-१ |
वेदाना |
हाल नष्ट भएको |
|
४ |
लिची ब्लक नं. ३ |
३०-८-१-१ |
सिडलेस, कलकत्तिया |
|
|
५ |
कलेक्सन ब्लक नं. १ |
१०-१-०-१ |
एभोकाडो, आँप (दशहरी, मल्लिका, सुकुल, आम्रपाली आदि) |
|
|
६ |
कलेक्सन ब्लक नं. २ |
७-२-०-१ |
आँप (मायाकेन्ट), रुखकटहर (ख्वाजा), एभोकाडो (इथिन्जर, हास, रिड), मेकाडेमिया नट (केएउ, काकेई, इकेउ, इकैका) |
|
|
७ |
लिचि ब्लक नं. २ |
९-९-२-१ |
सिडलेस, कलकत्तिया |
|
|
८ |
लिचि ब्लक नं. ४ |
९-५-३-१ |
सिडलेस, कलकत्तिया |
पुरानो आँप ब्लक नं. ३ |
|
९ |
लिचि ब्लक नं. ५ |
६-१०-१-१ |
सिडलेस, कलकत्तिया |
पुरानो आँप ब्लक नं. ४ |
|
१० |
लिचि ब्लक नं. ६ |
८-४-३-१ |
सिडलेस, कलकत्तिया |
पुरानो आँप ब्लक नं. ५ |
|
११ |
नयाँ कागती ब्लक |
११-८-२-२ |
स्थानिय सुन कागती |
पुरानो आँप ब्लक नं. ६ |
|
१२ |
लिचि ब्लक नं. १ |
९-९-३-१ |
सिडलेस, कलकत्तिया |
|
|
१३ |
मिश्रित बगैँचा ब्लक नं. २ |
९-११-३-१ |
बेल (रानीबेल), मेकाडेमिया नट, आँप, लिची, एभोकाडो |
पुरानो आँप ब्लक नं. २ |
|
१४ |
मिश्रित बगैँचा ब्लक नं. १ |
२४-१३-१-० |
अनार, केरा, एभोकाडो, मेकाडेमिया नट, कागती, निबुवा, लिची, रुखकटहर, भुईँकटहर, प्लाष्टिक हाउस, आँप माउबोट |
पुरानो आँप ब्लक नं. १ |
|
१५ |
आँप ब्लक नं. ७ |
२४-११-०-३ |
माल्दा, दसहरी, सिपीया, कलकत्तिया |
|
|
१६ |
तरकारी ब्लक |
१३-४-०-२ |
घ्यू सिमी, सर्लाही तनेबोडी, चारमासे सिमी |
|
|
१७ |
पुरानो पम्प हाउस एरिया |
२-८-१-० |
|
|
|
१८ |
फार्मभित्रको बाटो |
११-६-३-१ |
|
|
|
१९ |
पानी पोखरी, ट्याङ्की |
२-५-३-० |
|
|
|
२० |
भिर, पाखा, जङ्गल |
८६-३-०-० |
जंगलभित्र हाल कफि जर्मप्लाज्म संकलन गरि लगाईएको |
|
|
२१ |
कार्यालय, आवास भवन |
१५-०-०-० |
विदुर क्षेत्रको ३-०-२-२ रोपनी जग्गा स्थानीय विद्यालयले कब्जा गरेको |
|
|
२२ |
नर्सरी |
५-०-०-० |
|
|
|
२३ |
पि बि एस आलु उत्पादन स्क्रीन हाउस |
१०-०-०-० |
१ रोपनी क्षेत्रफलमा स्क्रीन हाउस बनेको तथा अन्य जग्गा खाली रहेको |
|
|
२४ |
कोलेनिकासँग सट्टापट्टा गरिएको जग्गा |
७-६-३-० |
हाल ड्रागन फ्रुटको उत्पादन परीक्षण र मेवाको उत्पादन प्रदर्शन ब्लक रहेको तथा नयाँ कार्यालय भवन निर्माण भएको |
|
|
|
जम्मा |
३२६-३-३-० |
|
|
