फलफूल, ताजा तरकारी तथा तरकारी बीउको उत्पादन एवम् उत्पादकत्व बढाई आम कृषकहरुको जीवनस्तर उकास्ने दीर्घकालिन उद्देश्य सहित संचालित यस केन्द्रका मुख्य उद्देश्यहरु तपसिल अनुसार रहेका छन्ः
- विभिन्न सदावहार जातका फलफूलका गुणस्तरीय बोट बिरुवा उत्पादन गरी कृषकहरुलाई बिक्री वितरण गर्ने ।
- केन्द्रको प्रभाव क्षेत्रमा बागवानी विकास सम्बन्धी कृषि प्रसार गतिविधि सञ्चालन गर्ने ।
- उपोष्ण फलफूलका उन्नत तथा स्थानीय जर्मप्लाज्म संकलन तथा सम्बर्द्धन गर्ने ।
- केन्द्रको प्रभाव क्षेत्रमा रहेका निजी नर्सरीहरुमा गुणस्तरीय बिरुवा उत्पादन गर्नको लागि प्राविधिक सहयोग एवम् सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
- उच्च गुणस्तरको तरकारी मूल एवम् उन्नत बीउ उत्पादन गरी कृषकहरुलाई बिक्री वितरण गर्ने ।
- फलफूल एवम् तरकारी बालीका विभिन्न प्रजनन् सामाग्रीहरु संकलन, संरक्षण तथा सम्बर्द्धन गरी उपयुक्त जातीय छनौट तथा विकास विस्तार गर्ने ।
- केरा, मेकाडेमिया नट, मेवा, एभोकाडो, लिची, अनार जस्ता प्रचूर संभावना भएका फलफूलको विकास एवम् विस्तारको लागि विशेष कार्य गर्ने ।
- उन्नत जातका तरकारी बेर्ना उत्पादन एवम् बिक्री वितरण गरी पोषण सुधारमा टेवा पुर्याउने ।
